मेरी उनी

मेरी उनी आऊछिन हर रात स्वप्निमा
मलाई भेटि जन्छिन आफ्नै बिरानो ठाउँ मा
उनी आऊछिन् नया बिहानी लिएर
सारा संसार अनि आफूलाई भूलेर
मेरी उनी माया कि खानी हो
मेरी उनी प्रेम कि देवी हो
मेरी उनी मुस्कुराउदा कमल बर्सन्छ
मेरी उनी लजाउदा गुरास फुल्दछ
मेरी उनी स्वर्ग कि परी हो
मेरी उनी ब्रह्माण्ड सुन्दरी हो
उनका ती गाजलु नयन
उनका ती नसालु हेराई
उनको त्यो लजालु मुस्कान
उनको त्यो मधुर बचन
खै, कसरी वर्णन गरु म मेरी उनी को
खै, कसरी भनु कति प्रेम छ मलाई मेरी उनिको
मेरी उनी केवल मेरी हो
यो हाम्रो कहिले नमेटिने प्रेम को बन्धन हो
टाढा छु म आज मेरी उनी बाट
तर पनि सम्झन्छु उनीलाई हरपल हर क्षण
भनिदिनु मेरी उनीलाई सम्झेको छ भनेर
भनिदिनु मेरी उनीलाई मलाई पर्खिनु भनेर
सन्देश मेरो पुराईदिनु मेरी उनीलाई
माया गर्छु म धेरै मेरी उनीलाई

(The feelings of a soldier who is badly missing the love of his life)

Posted in Ma Creations :) | 3 Comments

सुन न

जिन्दगी लाई नजिकै बाट नियाल्ने सपनाहरु मेरा
परेलीमा तिमीलाई लुकाउने आशा हरु मेरा
तिम्रा कठोर बचन ले छियाछिया पार्यो मेरा भावना
दुखाई मेरो मनलाई टाढा भएउ कुनै अर्थ बिना
के दोष थियो र मेरो तिमीले छोडी दियोउ !!
संगै जिउने मर्ने कसम खै किन तोडी दियोउ !!
माया गर्छु म तिमीलाई तिमीले जति घृणा गरे पनि
हासी हासी बिताई दिन्छु म जिन्दगी तिमी ले जति पिडा दिए पनि
माया गर्छु म तिमीलाई केवल
जिउन चाहन्छु म साथ तिम्रो केवल
के प्रिय अझै तिमी मलाई बुझदैनौ ?
के प्रिय अझै तिमी मलाई सुन्दैनौ ?
चाहना तिमी मेरो मन को मलाई बुझन
साथ दिन्छु म तिमीलाई सधै मलाई सुन न
प्रिय मलाई सुन न ||

लक्ष्मी

Posted in Ma Creations :) | 3 Comments

निरस जीवन

निराशा का बादल हरुले घेरिदा मनको तेज हरायो
सम्झना का कोसेलीहरु बिखरिदा दिल को आँशु बग्यो
रुदारुदै बितेका दीन कति छन् बिर्सिए
परेलीहरु भिजेर कहिल्ये नओबौने भए
म त पागल भएछु जीवनले ठग्दा
म त घाएल भएछु भाग्य ले छोडदा
चाहना यो मेरो मन को मन म नै राह्यो
कोसेली सुनौलो बिहानी को नदेखिने भयो
सपनाको संसार लाई हुरी आइ उडाई दियो
जीवनको लक्ष्य मेरो सैतान ले तोडिदियो
एक्लो छु म आज यो बिरानो ठाउँ मा
ठगिएकी छु म आज नियती को यो दाउ मा
छैन कोहि साथ मेरो मलाई सम्झाउने
छैन कोहि पास मेरो मलाई बुझाउने
बिरानो संसार मा एक्लो जीवन डोरयौदा थाकिसके
आफ्नो कोहि नहुदा म आफैमा हराईसके
संघर्स को मैदान मा  म किन होमिए
दीप्सिखा बनि मलाई आज येसरी डाढाईए
शक्तिन म अब आफै जुध्न यो सैतानको गाउमा
प्यारो लाग्छ अब मलाई बस्न मेरै यामदेव को गाउमा ||
लक्ष्मी
Posted in Ma Creations :) | 2 Comments

Hello world!

Welcome to WordPress.com! This is your very first post. Click the Edit link to modify or delete it, or start a new post. If you like, use this post to tell readers why you started this blog and what you plan to do with it.

Happy blogging!

Posted in Ma Creations :) | 1 Comment